१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोरोना उद्गमस्थल चीनको वुहानका सबै नागरिकको पुनः स्वास्थ्य परीक्षण हुने



कोरोना भाइरसको सुरुवात भएको चीनको वुहान शहरका सबै नागरिकको पुनः कोरोना परीक्षण हुनेभएको छ ।

चीनको हुपेइ प्रान्तमा पर्ने वुहान शहरबाट कोरोना भाइरस ‘कोभिड १९’ फैलिन सुरुभएको थियो ।

कोरोनाको दोस्रो लहर अझ खतरनाक हुनसक्ने विज्ञहरुले चेतावनी दिएपछि चीनले वुहानमा रहेका सबै नागरिकको कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

सबैको स्वास्थ्य परीक्षण दश दिनभित्रमा सकिने चिनियाँ संचारमाध्यमले जनाएका छन्। वुहानमा एक करोड १० लाख जनसंख्या छ।

कोरोना भाइरसको युद्धमा विजय प्राप्त गरेपछि वुहानसहित चीनको जनजीवन भने यतिबेला सामान्य बनिसकेको छ। गत डिसेम्बर महिनामा कोरोनाको महामारी देखिएपछि चीनले वुहानमा ७६ दिनसम्म लकडाउन गरेको थियो।

कोरोनाको प्रभाव घटेसँगै अप्रिल ८ देखि चीनका प्राय सबै शहर खुला छन्। कोरोनाका कारण हुने मृत्युको घटना पनि रोकिएको छ।

-एजेन्सी

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ४५ बजे

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या