१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौंमा लकडाउन उल्लंघन गरिएको प्रधानमन्त्री ओलीको ठहर, थप कडा बनाउन निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा अन्य कुनै कुरा ठूलो हुन नसक्ने जिकिर गर्दै लकडाउनलाई थप कडा बनाउनुपर्ने धारणा राख्नुभएको हो ।

लकडाउनलाई कमजोर बनाउँदा कोरोना भाइरसकका संक्रमितको संख्या दिनदिनै बढिरहेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले मानिसको जीवनभन्दा आर्थिक गतिविधि ठूलो हुन नसक्ने बताउनुभयो ।

ओलीले सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुबाट काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनाइएको भन्दै ओलीले त्यसमा पुनर्विचार गर्ने संकेत गर्नुभयो ।

अहिलेको अवस्थाले लकडाउन नभनिने भन्दै प्रधानमन्त्री ओलीले लकडाउन कडा बनाउने योजना तत्कालै ल्याउन उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्ने कार्यसूची रहेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनबारे सम्बोधन गर्दै काठमाडौंको अवस्थालाई लकडाउन नभनिने स्पष्ट पाुर्नभयो । उहाँले बढ्दै गएको संक्रमणको संख्याले लकडाउनमा खेलाँची गर्न नहुने प्रष्ट पारेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ०५ बजे

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या