४ पुस २०८२, शुक्रबार | December 19, 2025

शताब्दी पुरुष संस्कृतिविद् जोशी १ सय १ वर्षमा प्रवेश



काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुग्नु भएको छ ।

वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनु भएका जोशी मंगलबार १ सय १ वर्षमा प्रवेश गर्नुभएको हो ।

जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिनु भएको छ । जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् ।

लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएपनि उहाँको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन् ।

गत वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक विदा दिई विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाएको थियो ।

जोशीले यसपटक आफुलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिदै अझैपनि केही असल काम गरेर जीवन बिताउन पाउँ भन्दै प्राथना गरेको बताउनुभएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ४४ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा