४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय १५ पुग्यो



काठमाडौ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय १५ पुगेको छ ।

कोरोना संक्रमितको संख्या ४३ लाख ३९ हजार ९ सय ७३ पुगेको छ । वल्र्डमिटरका अनुसार बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ८३ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १६ लाख २ हजार ६६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ २ लाख ३० हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, १ लाख ४७ हजार २ सय, स्पेनमा १ लाख ३८ हजार ९ सय ८०, इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा पनि २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा संक्रमितमध्ये ३३ जना संक्रमणमुक्त भएका छन भने तीन जानमा फेरी संक्रमण देखिएपछि उपचारको लागि हस्पीटलमा रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको