१० चैत्र २०८२, मंगलबार | March 24, 2026

ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी अकस्मात प्रदेश कार्यालय तानिए



बुटवल । लकडाउन फितलो भएको र कडाई गर्न नसकेको आरोप खेपिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईलाई अकस्मात प्रदेश प्रहरी कार्यालय दाङ तानिएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले उनीमाथि केहि अनुसन्धान गर्नुपर्ने देखिएकाले प्रदेश प्रहरी कार्यालय बोलाईएको जनाएको छ ।

अनुशासन र आदेशको पालना नगरेको आरोपमा कारबाही गरिएको बताईएपनि प्रदेश प्रहरी प्रमुख डिआईजी रबिन्द्र धानुकले केहि अनुसन्धान गर्नु पर्ने देखिएकाले तानिएको बताउनु भयो । डिएसपी भट्टराईलाई बुधबार बिहानदेखि उक्त कार्यालयको जिम्मेवारीबाट हटाइएको छ । १, २ दिन भित्रै अर्को ईलाका इन्चार्ज पठाईने डिआईजी धानुकले बताउनु भयो ।

डीएसपी भट्टराईलाई कारबाही गरिएको कसुर भने प्रहरीले खुलाएको छैन ।

मुख्यमन्त्रीको स्कर्टिङ गर्ने विषयमा उनले बेवास्ता गरेको, आफूभन्दा माथिल्ला प्रहरी अधिकृतले दिएको आदेशको पालना नगरेको र समन्वय नगरेको आरोपमा उनलाई उक्त कार्यालयको जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : २९ बजे

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ