४ पुस २०८२, शुक्रबार | December 20, 2025

टीकापुरमा आठ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ



कैलाली । कैलालीको जानकी गाउ“पालिका वडा नं.–८ भोक्सीबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

टीकापुरका प्रहरी प्रमुख एवं डीएसपी मनोहरप्रसाद भट्टका अनुसार लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेमा जानकी गाउपालिका वडा नं.–६ सुवर्णपुरका ३० वर्षीय दीपक विश्वकर्मा, वडा नं.–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर नगरपालिका वडा नं.–१ भूतपूर्व कमैया शिविरका २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट से ४ प ५४४७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

गस्तीका क्रममा उनीहरूलाई लागु औषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ खानतलासी गर्दा ८ ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ भने कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पा“चदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रूपैया“सम्म जरिवाना हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको