२२ माघ २०८२, बिहिबार | February 5, 2026

कुनै वहाना नगरी भारत सीमा वार्तामा बस्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कारण देखाएर भारत सीमा वार्ताबाट पन्छिन नपाउने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएकोले नेपालसँग तत्काल वार्ता गर्न भारत तयार हुनुपर्ने बताउनुभएको हो ।

बैठकमा उपस्थित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीहरु, एवं पूर्वपरराष्ट्रमन्त्रीहरुका धारणा सुनिसकेपछि ओलीले नेपालको पश्चिम अन्तिम सीमा महाकाली नदी भएकोले नेपाली भूभाग लिम्पियाधुरासम्म रहेकोमा कुनै विवाद नभएको प्रष्ट पार्नुभयो ।
बैठक पछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, नेपालको पश्‍चिमी सीमा बिन्दु काली नदी भएकोमा दुई मत छैन । नेपाली भूमि भारतले अतिक्रमण गरेकोले फिर्ता ल्याउन पहल गर्नुपर्नेमा सम्पूर्ण राजनीतिक दलहरु एकमत छन् । कुटनीतिम संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सम्पूर्ण राय सकारात्मक छ ।

भारतले गत नोभेम्बरमा नेपालको अतिक्रमित भूमिलाई समेत समेटेर नयाँ राजनीतिक जारी गरेपछि नेपालले त्यसबारे वार्ता गर्न गत मार्चसम्म लगातार प्रयास गर्दा पनि भारतले आलटाल गरेको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभएको थियो । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि पटक(पटक वार्ताका लागि आह्वान गरिएको छ । भारत तयार भएको छैन । अहिले कोरोनालाई कारण देखाउँदै वार्ता सार्न खोजेको छ ।’

भारत वार्तामा बस्नुपर्ने भन्दै प्रधानमन्त्रीले कोरोना कारण देखाउँदै वार्ता सार्न नमिल्‍ने प्रधानमन्त्रीले बताउनुभएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतले कालापानी, लिपुलेकलगायतका क्षेत्रमा समस्या नसुल्झिएको स्वीकार गरिसकेको अवस्थामा सडक बनाएर उद्घाटन गर्नु कुटनीतिक र अन्तर्राष्ट्रिय कानुन, मान्यता र दृष्टिकोणका आधारममा पनि न्यायोचित छैन । अहिले सडक बनाएर उद्घाटन गर्न हुने वार्ता गर्न किन हुँदैन । वार्तमा भारत आउनैपर्नेमा प्रधानमन्त्रीज्यू दृढ हुनुहुन्छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले पुर्खाले लडेर बचाएको भूमि अडेर फिर्ता ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ४४ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर