४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश २ मा कोरोना संक्रमणले सेन्चुरी नाघ्यो, पर्सामा मात्रै ८५



काठमाडौं । नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबार बिहानसम्म संक्रमित हुनेको संख्या २५० पुगेको छ ।
यसमध्ये प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

बिहीबार बिहानसम्म प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

सर्लाही, धनुषा र महोत्तरीमा ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको हो ।

कोरोनाको संक्रमण प्रदेशका आठमध्ये सिराहाबाहेक सातवटा जिल्लामा देखिइसकेको छ ।

प्रदेश नम्बर २ मा सबैभन्दा पहिले पर्साको वीरगन्जमा कोरोनाको पहिलो केस देखिएको थियो ।

प्रदेशका हालसम्म देखिएको तथ्याङ्क

पर्सा                                           ८५
धनुषा                                           ५
महोत्तरी                                        ४
रौतहट                                          ३
बारा                                              ३
सर्लाही                                          २
सप्तरी                                           १
सिराहा                                          ०

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ९ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको