१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सहज छैन काठमाडौं छिर्न, सबै नाकामा कडा चेकजाँच सुरु



काठमाडौं । काठमाडौं उपत्यकामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेशमा कडाई सुरु गरिएको छ ।

बिहीबार बिहान थपिएका एक जनासहित पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित लकडाउनकै बीचमा बाहिरी जिल्लाबाट सवारी पास लिएर आएको खुलेपछि उपत्यका प्रवेशमा कडाई गर्न थालिएको हो ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज गरिसकेको छ ।

उपत्यका भित्रिने सबै नाकामा थप कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पहिला दिइएका सबै पास खारेज भैसकेको र अब पनि अत्यावश्यक पासालाई समेत कडा चेकजाँच गरेमा मात्र छिर्न दिइने प्रहरीले जनाएको छ ।

संक्रमित बढेसँगै नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सीमित कार्यालय मात्र खोल्न निर्देशन दिइसकेको छ । यस्तै, सरकारी कार्यालयमा समेत भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

उपत्यकाभित्र काठमाडौंको चन्द्रागिरीमा दुई जना र भक्तपुरमा दुई जना संक्रमित देखिएका छन् । संक्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर थिमी तथा काठमाडौंको चन्द्रगिरीलाई सिल गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १० : ०४ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा