१० चैत्र २०८२, मंगलबार | March 24, 2026

त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा



काठमाडौं । अस्पतालमा उपचाररत एक बालिकालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल, महारजगञ्जका चिकित्सकसहित ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै उपचारमा संलग्न चिकित्सक, नर्स, सफाईकर्मी लगायत ३८ जनालाई क्वारेन्टाइनमा पठाइएको हो ।

अस्पतालको केही बेर अघि सम्पन्न बैठकले सबैलाई क्वारेन्टाइन गर्ने निर्णय गरेको थियो ।

न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।

बालिकालाई उपचारका लागि काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिसकिएको छ । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा। सन्त कुमार दासले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १२ : २३ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा