४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय दादागिरी पूर्वको पाँचथरमा पनि, जंगे पिलरभन्दा सयमिटर भित्रको नेपाली भूमिमा एसएसबीको दाबी



ताप्लेजुङ । भारतको नेपाल माथिको भौगोलिक अतिक्रमण अब पूर्वको पाँचथरमा पनि देखिएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतको सीमा सुरक्षा बल एसएसबीले नेपाली निर्माण संरचनामा रोक्न दबाब दिएको हो ।

फालेलुङ गाउँपालिकाले आहाल कबुलियती वनको आहाल भन्ने स्थानमा पर्यटन संग्रहालय बनाउन सुरु गरेको थियो ।

गत वैशाख २४ बाट भवन निर्माण थालिएकोमा एसएसबीले २७ गते काममा अवरोध पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले बताउनुभयो ।

एसएसबीको अवरोधपछि गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङसहित स्थानीय जनप्रतिनिधि, सशस्त्र र नेपाल प्रहरीको टोलीले त्यस स्थानको अनुगमन गरी भारतीय सुरक्षाकर्मीसँग छलफल गरेको थियो ।

सो छलफलमा पनि एसएसबीले नयाँ नक्साअनुसार एक सय मिटरसम्मको क्षेत्र भारतको रहेको दाबी गर्दौ त्यहाँ बनाउने कुनै पनि संरचनालाई भत्काउने चेतावनी दिएको थियो ।

गाउँपालिकाले सबै घटनाक्रमबारे जिल्ला प्रशासनमार्फत केन्द्र सरकारलाई जानकारी गराएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ३ : १४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज