२२ माघ २०८२, बिहिबार | February 5, 2026

१५ दिन सरकारी कार्यालय बन्द गर्न सिफारिस



काठमाडौं । काठमाडौं उपत्यकामा रहेका अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय १५ दिन बिदा गर्न सिफारिस गरिएको छ ।

उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिम झन बढेको भन्दै बैठकले सबै सरकारी कार्यालय बन्द गर्न कोरोना भइरस रोकथाम उच्चस्तरीय समन्वय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई अनुमोदनका लागि पठाएको छ

यो निर्णय जेठ ५ गतेदेखि लागू गर्न सुझाव दिइएको छ । गत वैशाख २८ गतेबाट लागू गरिएको सरकारी कार्यालय एवं निर्माण सामाग्री ढुवानीलगायतमा लागू गरिएको सवारी ‘टाइमकार्ड’ पनि रद्द गर्ने निर्णय भएको छ ।

यो निर्णय अनुमोदन भए सुरक्षा निकाय, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य बस्तु बिक्री तथा ढुवानीसँग सम्बन्धित कार्यालय मात्रै सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १० : ३५ बजे

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो