४ पुस २०८२, शुक्रबार | December 20, 2025

केन्द्र सरकारलाई मतलव छैन, वडाअध्यक्षले लगाइदिए भारतीय सीमानामा काँडे तार



पर्सा । भारतीय सीमा अतिक्रमणले सीमा नाघेपछि सीमानामा काँडे तार लगाउन माग भैरहेको छ । तर, भारतसँग सीमाजोडिएको पर्साको एक गाउँपालिकाका वडाअध्यक्षले भने आफ्नो क्षेत्रमा पर्ने सीमानामा काँडेतार लगाएका छन् ।

पर्साको ठोरी गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष सूर्य लामाले सोही वडाको ठुटेखोला नजिकैको पिल्लार नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाउनुभएको छ ।

वडाध्यक्ष लामाको पहलमा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट काँढेतार लगाउन सुरु गरिएको थियो । ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका छन् । सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको वडाअध्यक्ष लामाले बताउनुभयो ।

‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले राजधानी दैनिकका संवाददतासँग भन्नुभएको छ, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’

वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिनुभयो ।

२०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको बताउनुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १० : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको