२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेकपा स्थायी कमिटी बैठकबारे नीति तथा कार्यक्रमपछि छलफल हुने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पटकपटक स्थागित हुँदै आएको स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रम पछि मात्र छलफल हुनेभएको छ ।

शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताउनुभयो ।

‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला’ उहाले भन्नुभयो । यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार ल्याउँदैछ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव माग्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’ उहाले भन्नुभयो, ‘त्‍यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो ।’

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ११ : २७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले