४ पुस २०८२, शुक्रबार | December 20, 2025

सर्वदलीय बैठक : संविधान संशोधन प्रस्ताव सर्वसम्मत पास गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गर्न आग्रह गर्नभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई सर्वसम्मत पास गर्न सबै दलहरुलाई आग्रह गर्नुभएको हो ।

सरकारले शुक्रबार दर्ता गरेको संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुँदैछ । राष्ट्रियता र देशभक्तिको सवालमा दलहरूबीच एक मत हुनुपर्ने धारणा बैठकमा प्रधानमन्त्रीले राख्नुभएको थियो । देशको मिचिएको भुगोल समेटेर नक्शा जारि गरिएकाले त्यसअनुसारको निशानछाप संशोधन प्रस्ताव सर्वसम्मत पास हुने उहाँले विश्वास गर्नुभयो ।

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ । यस्तै, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले यही समयमै आफ्ना माग पनि समेट्नुपर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न तयार भएको तर केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने भएकाले केही समय चाहिने बताउनुभयो । देउवाले नक्सा जारी गर्ने बेलामा परामर्श नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।

बैठकमा सपा र राजपाका नेताहरूले मधेशको माग सम्बोधन गर्नुपर्ने माग गरेका छन् । बैठकमा उपस्थित मधेशवादी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले राष्ट्रियताको विषयमा एकमत हुनुपर्ने भन्दै संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि समेट्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको विषयमा कुनै शर्त नराख्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । राष्ट्रिय हितका विषयमा निःशर्त राष्ट्रिय एकता कायम गर्न आफूले चाहेको प्रधानमन्त्रीले बताएको थापाले जानकारी दिनुभयो ।

बैठकमा नेकपा अध्यक्ष प्रचण्डले संविधान संशोधनका अरु मागका विषयमा छलफल हुँदै जाने भन्दै अहिले निशान छाप सर्वसम्मत रुपमा संशाोधन गर्नुपर्ने बताउनुभएको थियो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको