४ पुस २०८२, शुक्रबार | December 20, 2025

दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै, बुधबार एकै दिन ११४ जना थपिए



काठमाडौं । बुधबार एकैदिन मात्र मात्र ११४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण फैलिने दर निरन्तर बढ्दो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार देशभर ११४ जना संक्रमित थपिएको जानकारी गराइएको हो ।

पछिल्लो अद्यावधिक विवरण अनुसार धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जना संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना थपिएका छन् । यसैगरी हेटौंडास्थित किटजन्य केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना, पोखरास्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ जना संक्रमित थपिएका छन् ।

यस्तै, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना, भेरी अस्पतालको प्रयोगशालामा १६ जना र काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेको बताउनु भयो ।

यससँगै देशभर अहिलेसम्म संक्रमित हुनेको संख्या ८८६ पुगेको छ । यसमध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको