४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम छ ।

यसका साथै पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरको मौसम सामान्य बदली रहि देशका प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केहि भू-भागमा वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी देशका पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै देशका पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको