२४ मंसिर २०८२, बुधबार | December 11, 2025

स्वदेश फर्कन लागेका भारतीय नागरिकलाई भारतले रोक्यो, काँकडभिट्टामा सयौँको सडकमै वास



झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै भारत फर्कन लागेका भारतीय नागरिकलाई भारत सरकारले रोक लगाएको छ ।
पश्चिम बंगाल सरकारले नेपालबाट जानेहरूलाई प्रवेशमा रोक लगाएपछि तीनसय भन्दा बढी भारतीय नागरिक सडकमै अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतीयलाई पश्चिम बंगाल सरकारले जान नदिएको बताउनुभयो । उहाले भारततिरको प्रहरीले नपठाउनु भनेको बताउनुभयो । ‘भिड बढेको बढ्यै छ । यसले कोरोना संक्रमणको जोखिम थपेको छ,’ उहाले भन्नुभयो । स्वदेश फर्कने आशामा काँकडभिट्टा आइपुगेका भारतीय नागरिक दिनभर तातो घाममा सडकमै बस्न बाध्य भएका छन् ।

नेपालका विभिन्न जिल्लामा मजदुरी गर्न आएकाहरू लकडाउन बढ्दै गएपछि स्वदेश फर्कन खोजेका हुन् । तर, पश्चिम बंगाल सरकारले नेपालबाट जाने मालबाहक सवारीसमेत जान दिएको छैन । त्यसकारण पूर्वी नाकाबाट पछिल्लो समय पेट्रोलियम पदार्थ आयातसमेत हुन सकेको छैन ।

पश्चिम बंगाल सरकारले क्वारेन्टाइनलगायत भौतिक संरचना बनाइनसकेकाले तत्काल आफ्ना नागरिक नपठाउन आग्रह गरेको हो । दुई दिनअघि मेचीपारि पुगेका १७ जना भारतीय नागरिकलाई समेत फिर्ता पठाएको थियो । उनीहरू नेपाल नै फर्किएको प्रहरीले जनाएको छ ।

तर, मजदुर भने घर जाने आशामा नाकामा जम्मा भएका छन् । उनीहरूले न भारत जान पाएका छन् त नेपालमै बस्ने ठाउँ पाएका छन् । उनीहरू रात पनि सडकमै बिताउन बाध्य छन् । सीमा क्षेत्रका क्वारेन्टाइन भारतबाट ल्याएका नेपालीले भरिएका छन् ।

उनीहरूलाई खाना भने खुवाइएको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताउनुभयो । ‘खाना खुवाएका छौँ,’ उहाले भन्नुभयो, ‘तर, सुत्ने व्यवस्थापन गर्न सकेका छैनौँ ।’

काँकडभिट्टा बसपार्क क्षेत्रमा अहिले पनि तीन सयजति भारतीय छन् । उनीहरू अधिकांश इँटा कारखानाका श्रमिक हुन् । धमाधम इँटाभट्टा बन्द हुन थालेपछि श्रमिकहरू घर फर्कन थालेका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १० : २० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल