४ पुस २०८२, शुक्रबार | December 20, 2025

सवारी दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत



नेपालगन्ज । बाँकेको ठुरिया जंगलमा आइतवार राती भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ ।

बांके प्रहरीका प्रहरीका अनुसार अहिलेसम्म पहिचान भएका मृतकहरुमा बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का रहेका छन् । नाम पत्ता लागेपनि ठेगाना भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । १ जनाको भने अहिले सम्म सनाखत हुन सकेको छैन ।

यस्तै दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिनुभयो ।

भारतबाट मजदुरी गरेर फर्केका उनीहरु सीमाबाट नेपाल छिरे लगत्तै सल्यान जांदै थिए । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यानका रहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ३ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको