१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

सवारी दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत



नेपालगन्ज । बाँकेको ठुरिया जंगलमा आइतवार राती भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ ।

बांके प्रहरीका प्रहरीका अनुसार अहिलेसम्म पहिचान भएका मृतकहरुमा बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का रहेका छन् । नाम पत्ता लागेपनि ठेगाना भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । १ जनाको भने अहिले सम्म सनाखत हुन सकेको छैन ।

यस्तै दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिनुभयो ।

भारतबाट मजदुरी गरेर फर्केका उनीहरु सीमाबाट नेपाल छिरे लगत्तै सल्यान जांदै थिए । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यानका रहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ३ : ५२ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा