४ पुस २०८२, शुक्रबार | December 19, 2025

घोराहीमा ९ संक्रमित थपिए, ११ बर्षीया बालिकामा पनि संक्रमण



दाङ । दाङमा सोमवार थप नौं जनामा कोरोना संक्रमण भेटिएको छ । फेला परेका संक्रमित सबै घोराही उपमहानगरपालिकाका हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका ९ नजना व्यक्तिहरुमा संक्रमण देखिएको हो ।
घोराही –१ का ३१ बर्षीय पुरुष र ११ बर्षीया बालिका रहेका छन । घोराही-२ का २६,४०,४५ र ४६ बर्षीय पुरुष र १९ बर्षीया एक युवतीमा कोरोना भेटिएको छ । त्यस्तै घोराही–५ का ५३ बर्षीय पुरुष र घोराही=१७ का २० बर्षीय पुरुषमा पनि कोरोना भेटिएको छ ।
संक्रमितहरु सबै केही दिन पहिले छिमेकी देश भारतवाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाट संकलित २३२ नमूना परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेकाछन् ।
दाङ जिल्लामा संक्रमितको संख्या ४३ पुगेको छ । घोराहीमा संक्रमितको संख्या १८ पुगेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ८ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको