६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

अछाममा एम्बुलेन्स चालकसहित १० जनामा कोरोना सक्रमण



अछाम । अछाममा एकै दिन १० जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४, कुष्कोटको क्वारेन्टानमा रहेका आठ जना र एम्बुलेन्स चालकलाई कोरोना सक्रमण भएको पुष्टि भएको छ ।

कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

यस्तै, चौरपाटी गाउँपालिकाका–२ का ३२ वर्षिया र सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका २३ वर्षीय एम्बुलेन्स चालकलाई प्रादेशिक अस्पताल सुर्खेतमा पीसीआर परीक्षणका क्रममा कोरोना सक्रमण भएको पुष्टि भएको हो । कुष्कोटको क्वारेन्टाइमा रहेका २० जनाको स्वाब सङ्कलन गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको छ ।

सोमबार चौरपाटी गाउँपालिका–२ का ३३ वर्षीय व्यक्तिलाई प्रादेशिक अस्पताल धनगढीमा पीसीआर परीक्षणका क्रममा कोरोना सक्रमण भेटिएको थियो । केही दिनअघि भारतबाट फर्कने क्रममा मेल्लेख–४, कुष्कोटका बुवाछोरीलाई धनगढीमा कोरोना सक्रमण पुष्टि भएको थियो । जिल्लामा हालसम्म जम्मा १३ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, अछामले जानकारी दिएको छ ।

कोरोना सक्रमित पुष्टि भएका व्यक्तिसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिको स्वाब सङ्कलनका लागि ल्याब टेक्निसयिनसहित स्वास्थ्य कार्यालयको टोली चौरपाटी र मेल्लेख गएको छ ।

सक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाको नेतृत्वमा चौरपाटी र जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गानाको नेतृत्वमा मेल्लेखमा टोली गइसकेको सूचना अधिकारी जोशीको भनाइ छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १ : २९ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा