नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी भएको छ । कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी भएको हो ।
आज मध्यराती १ः३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीले आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरेको छ।
कम्पनीमा लागेको आगो स्थानीयबासी, कर्मचारी र इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब १ घण्टामा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
घटनामा कुनै मानवीय क्षति नभएको जनाउँदै प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।


















प्रतिक्रिया