४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल मै पहिलो बर्दियामा महिलाका लागि छुट्टै क्वारेन्टाइन



बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा महिलाहरुका लागि मात्रै क्वारेन्टाइन निर्माण गरिएको छ । गुलरिया नगरपालिका वडा नं. ४ स्थित कोटही माध्यमिक विद्यालयमा गुलरिया नगरपालिकाले २५ बेड क्षमताको महिला क्वारेन्टाइनको व्यवस्था गरेको हो ।

बर्दिया जिल्लाका ८ वटै स्थानीयतहहरुले बनाएका क्वारेन्टाइनहरुमा महिला र पुरुषहरुलाई एउटैस्थलमा राखिएको थियो । गुलरिया नगरपालिकामा भने पहिलो पटक महिला क्वारेन्टाईन निर्माण गरीएको हो । महिला र पुरुष सबैलाई एकै ठाउँम राख्दा महिला हिंसा हुने सम्भावना बढेको र महिला तथा बालबालिकाहरुलाई शौचालय जान, नुहाउन लगायतका व्यक्तिगत सरसफाइमा समस्या भएकोले महिला क्वारेन्टाईन बनाएको गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखाप्रमुख शिलाशाहले बताउनु भयो ।

जिल्लामै पहिलो पटक गुलरिया नगरपालिकाले सञ्चालन गरेको उक्त क्वारेन्टाइनमा सुरक्षा र स्वास्थ्यकर्मी सबै महिला रहेका छन् । अहिले यस महिला क्वारेन्टिनमा एक ७ बर्षिय बालक सहित ५ जना महिलाहरु रहेका छन् ।

पछिल्लो समय भारतबाट फर्कनेहरु मामहिलाहरुको संख्यापनि बढ्दै गएपछि अन्य पालिकामा पनि महिला क्वारेन्टाइन निर्माण गरिने जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।

जिल्लामा हाल १सय ५० क्वारेन्टाईन स्थलमा महिला ५ सय ५ र पुरुष ३ हजार ९ सय ५८ जना४ हजार ४ सय ६३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  २ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको