१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपाल मै पहिलो बर्दियामा महिलाका लागि छुट्टै क्वारेन्टाइन



बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा महिलाहरुका लागि मात्रै क्वारेन्टाइन निर्माण गरिएको छ । गुलरिया नगरपालिका वडा नं. ४ स्थित कोटही माध्यमिक विद्यालयमा गुलरिया नगरपालिकाले २५ बेड क्षमताको महिला क्वारेन्टाइनको व्यवस्था गरेको हो ।

बर्दिया जिल्लाका ८ वटै स्थानीयतहहरुले बनाएका क्वारेन्टाइनहरुमा महिला र पुरुषहरुलाई एउटैस्थलमा राखिएको थियो । गुलरिया नगरपालिकामा भने पहिलो पटक महिला क्वारेन्टाईन निर्माण गरीएको हो । महिला र पुरुष सबैलाई एकै ठाउँम राख्दा महिला हिंसा हुने सम्भावना बढेको र महिला तथा बालबालिकाहरुलाई शौचालय जान, नुहाउन लगायतका व्यक्तिगत सरसफाइमा समस्या भएकोले महिला क्वारेन्टाईन बनाएको गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखाप्रमुख शिलाशाहले बताउनु भयो ।

जिल्लामै पहिलो पटक गुलरिया नगरपालिकाले सञ्चालन गरेको उक्त क्वारेन्टाइनमा सुरक्षा र स्वास्थ्यकर्मी सबै महिला रहेका छन् । अहिले यस महिला क्वारेन्टिनमा एक ७ बर्षिय बालक सहित ५ जना महिलाहरु रहेका छन् ।

पछिल्लो समय भारतबाट फर्कनेहरु मामहिलाहरुको संख्यापनि बढ्दै गएपछि अन्य पालिकामा पनि महिला क्वारेन्टाइन निर्माण गरिने जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।

जिल्लामा हाल १सय ५० क्वारेन्टाईन स्थलमा महिला ५ सय ५ र पुरुष ३ हजार ९ सय ५८ जना४ हजार ४ सय ६३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  २ : ४७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त