१ चैत्र २०८२, आइतबार | March 15, 2026

पश्चिम रुकुम घटनाको विरोधमा त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन



काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाको विरोधमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आई त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आइतबार त्रिवि परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले टाउकोमा किताब र निधारमा पट्टि बाँधेर चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोध गरेका छन् । कोरोना महामारीको कारण सामाजिक दुरी कायम गर्दै त्रिवि परिसरमा भेला भएका उनीहरुले जनचेतनामूलक प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले विभेद र अत्याचार विरुद्ध त्रिविले शिक्षा दिन नसकेको भन्दै ‘विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि’, ‘अहिले नबोले कहिले बोल्ने’, ‘टियु ले कस्तो जनशक्ति उत्पाद ग-यो’ लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

विद्यार्थीहरुले दलितमाथिको विभेद र अत्याचार विरुद्ध बोल्नका लागि अभियान नै चलाउनुपर्ने भएकाले प्रदर्शन गर्नुपरेको बताएका छन् । विद्यार्थीहरुले रुकुम घटनाका दोशीलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ४ : ४१ बजे

‘पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही’

मान्म । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थ तथा एलपी

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने,

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत्

समानुपातिक सांसदको नाम टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ प्राप्त सिटका आधारमा सांसदको