१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

न अवलोकनकर्ता न ऐतिहासिक सामाग्रीको संरक्षण, कोठरीमै नष्ट हुँदै पाल्पा संग्रहालयका सामाग्री



बुटवल । तपाईले हातले दम दिएर बज्ने फोनबाजा देख्नु भएको छ ? के तपाईले खुट्टाले हावा दिएर बज्ने हार्मोनियम देख्नुभएको छ ? कुनैबेला हातले हेण्डल घुमाएर परिक्षामा प्रश्नपत्र छापिन्थ्यो भन्ने कुरा तपाईलाई थाहा छ ? हाम्रा पुर्वजले प्रयोग गरेका र हाम्रा बिगतले भोगेका प्राय सबै सामाग्रीहरुको सङ्गालो यतिबेला स्थायी बास नपाएर बास खोज्दै हिंडिरहेको छ ।

यो कथा हो पाल्पाको एउटा संग्रालयको । ५ वर्ष पहिले पाल्पाका केहि हातहरु संग्रालय खोल्ने भन्दै घरघरमा पुराना भएका, फालिएका वा काम नलाग्ने अवस्थामा पुगेका सामाग्रीहरु संकलन गर्दै हिड्न थाले । केहि उनीहरुले मागेर संकलन गरे केहि आ आफनो खल्तीबाट पैसा निकालेर किनेर संकलन गरे । उनीहरुले करिव ६ महिनाको अवधीमा जुद्धसम्सेरको शयन गर्ने खाट देखि दम दिएर बज्ने फोन बाजाहरु सम्म संकलन गर्न सके ।

पाल्पाको तानसेन पुगेपछि तानसेन गुल्मी सडकको सरकारकारी क्याम्पस अगाडीबाट एउटा सानो सांघुरो गल्लीको ओरालो लागेपछि जिर्ण घरमा रहेको पाल्पा संग्रालय पुग्न सकिन्छ । पाल्पाको तानसेनको बन्द भएको बिद्यालय भवनमा थन्कीएको संग्रालयको सामग्रीहरुले नेपाली जन जिवनको बिगतलाईजस्ताको तस्तै उतार्न सक्दछ । महिलाहरुले माईत जांदा रोटि बोक्ने शोली होस् वा हाम्रा पुर्वजहरुले घरको सुरक्षाका लागि ढोकोमा लगाउने भोते टाल्चा, सम्पत्ती लुकाउने मदुस होस् वा हेण्डल घुमाएर अक्षर छापिने लिथो मसिन । संग्रालयमा जस्ताको तस्तै सजाईएको छ ।

सायद राज्यले बिभिन्न स्थानमा ठूलो धनराशी खर्च गरेर संचालन गरेको संग्रालयहरुमा यस्ता जिवन्त इतिहास होलान वा नहोलान ? तर सम्पदा प्रतिष्ठान नेपाल नामको एउटा संस्थाले संचालन गरेको संग्रालयमा हाम्रो जिवीत इतिहासलाई संरक्षण गरिएको छ । हामीले एउटा गैरसरकारी संस्थाबाट संग्रालय खोल्न गरेको आंटलाई कम आंकलन गर्नु हुंदैन ।

४,५ जना युवाले एउटा लहडका भरमा पुराना सामान खोज्ने र जम्मा गर्ने क्रमबाट सुरु भएको संग्रालयमा राणाकालिन पोषाक, बेड बिस्तरा देखि ९० सालको भुकम्प अगाडीका ईट्टा, कुंदिएका ढुंगा सम्मको संकलन गरिएको छ । नेपाली जिवन, परम्परा, बिगतका भोगाई, इतिहास जे खोजे पनि पाल्पाको संग्रालयमा उपलब्ध छन् ।

संग्रालय खोल्ने संचालकहरुको स्वाभिमान अझै छुट्टै छ । उनीहरु संग्रालय जिर्ण, भग्नावशेष जस्तै बन्न लाग्दा पनि कहिं कतै हात थाप्न तयार देखिंदैनन् । “दिन कोहि आएका छैनन्, संरक्षणलाई भने हामी पनि माग्न गएका छैनौं” सम्पदा प्रतिस्थानका अध्यक्ष राजेन्द्र गोपाल सिंह स्वाभिमान ब्यक्त गर्छन् ।

दाम कमाउन भन्दा नाम कमाउने उद्देश्यले खोलेको संग्रालयलाई राजनितीक पुर्वाग्रह राखिएको संग्रालयका अध्यक्ष राजेन्द्र गोपाल सिंहको गुनासो छ । सम्पदा समाजमा बिचारका हिसावले कांग्रेस निकटहरुको बाहुल्यता रहेको र संग्रालयलाई हाईलाईट गर्दा कांग्रेस जाग्छ की भन्ने डरले स्थानीय सरकारले बेवास्ता गरेको आशंका पनि छ सिंहमा । तर उनी हरेस खाएका छैनन् ।

संग्रालयलाई सार्दै सार्दै २०१६ सालमा खुलेको एउटा स्कुलको खाली भवनमा पु¥याईएको छ । बिद्यालय मर्जहुने क्रममा खाली भएको भवनमा संग्रालयलाई राखिएपनि उनलाई सुख भने दिईएको छैन । कहिले मुटु अस्पतालको डायलासिस सेण्टर राख्ने भन्दै कहिले सार्वजानीक जग्गा खाली बनाउन भन्दै संग्रालयमाथि खराबन जर परि नै रहेको छ । संग्रालयलाई सञ्चामाध्यममा बढी प्रचारीत गरिंदा फेरी स्थानीय तहको आंखा लाग्ने र आफुलाई दुःख दिने हुन् की भन्ने त्रास पनि अध्यक्ष सिंहमा देखिन्छ । “भयो भो समाचार नबाउनुस् , फेरी जग्गा हडपेको आरोप आउंछ” त्रसित मुद्रामा सिंहले अनुरोध गर्छन् ।

स्थानीयबासीको आफ्नै पौरखले स्थापना गरिएको संग्रालय यतीबेला बिरालोले बच्चा सारे जस्तै गरि पटक पटक घर सर्दै चलिरहेको छ । त्यसो त पाल्पा दरबारलाई राज्यले संग्रालयकै रुपमा बिस्तार गर्ने प्रयत्न समेत गरेको छ, तर तानसेनमा संचालनमै रहेको ऐतिहासिक संग्रालयमा भने राज्यको ध्यान पुग्न सकेको छैन । पाल्पा दरबार संग्रालय खोल्न राज्यको करोड बढी खर्च भई सकेको छ, । राज्यले दरबार संग्रालयमा जुटाएका सामाग्री भन्दा पाल्पा संग्रालयमा राखिएका समाग्री ऐतिहासिक छन् । गत बैशाखदेखि सर्वसाधारणका लागि राज्यले संचालनमा ल्याएको दरबार संग्रालय जस्तै पाल्पा संग्रालयको पनि खोल्ने निश्चित समय छैन । हेर्न ईच्छुक सर्वसाधारण जांदा संग्रालयको ढोका प्राय बन्द हुने गरेको छ ।

संग्रालयको ब्यवस्थापनको शुभ चिन्ता ब्यक्त गर्दै पाल्पाका पुरानो बासिन्दा र हाल बुटवलका उद्योगपती नवराज श्रेष्ठ संग्रालयको ब्यवस्थापन गर्न राज्यले पाल्पा संग्रालयलाई अपनत्व प्रदान गर्नुपर्ने बताउंछन् ।

श्रेष्ठले दरबार संग्रालयले अपनत्व लिनुपर्ने बताएपनि सम्पदा समाजका अध्यक्ष सिंह भने अहिले दरबार संग्रालयलाई संग्रालय हस्तान्तरण गर्न मन्जुर छैनन् । सामाग्री खरिद गर्ने सम्बन्धमा एकचरण कुरा भएपनि अत्यन्त न्युन मुल्य दिएपछि सामान हस्तान्तरण दिन नसकिएको सिंहको भनाई छ । संग्रालयकै सामान खरिद गर्दा र ब्यवस्थापनका लागि सिंहले आफ्नो धनजमानीमा ३० लाख बढी ऋण लिएकाछन् । “ऋण तिर्न पनि नपुग्ने रकमको प्रस्ताव आएपछि हामीले रिजेक्ट गरिदियौं” अध्यक्ष सिंह ले बताए ।

उता तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले भने पाल्पा संग्रालय संचालकहरुलाई पटक पटक उचित मुल्य लिएर दरबार संग्रालयलाई सामान दिन आग्रह गर्दा पनि अस्विकार गरेको बताउंछन् । पुरातात्विक बिभागले गरेको मुल्यांकनका आकारमा पैसा लिन वा दरबार संग्रालयमा छुट्टै स्थान दिएर पाल्पा संग्रालयकै नाममा राख्ने दुई बिकल्प दिंदा पनि सम्पदा समाजका संचालकहरुले अस्विकार गरेको नगर प्रमुख शाहीले बताए । “ मेहनत गरेर ऐतिहासिक सामान जोड्नु भएको छ, तर चलाउन नसकेर कतिपय सामान नष्ट हुने अवस्थामा छन् । तीनको संरक्षण गर्न नगरपालिका तयार छ । उहांहरु मान्नु प¥यो ।” नगर प्रमुख शाहीले भने ।

संग्रालय स्थापना गर्न संचालकहरुले ५० लाख बढी खर्च गरिसकेको बताएकाछन् । संग्रालय संचालन गर्नकै लागि उनीहरुले ऋण समेत बोकेका छन् । संग्रालय संचालनका सुरुका बर्षहरुमा त केहि संघसंस्थाहरुले सहयोग पनि गरेका थिए, तर यतीबेला संग्रालय उपयुक्त स्थान तथा नियमीत सरसफाईको अभावमा धुलो मैलो र माकुराका जालले छोपिन थालेकाछन् । समयमा नै संग्रालयको संरक्षण गर्न नसके त्यहां भएका समानहरु नष्ट हुंदै जाने छन् । यस बिषयमा संग्रालय जन्माउने र राज्यका निकाय दुबैले सोंच्न जरुरी छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ९ : ०२ बजे

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर