१४ भदौ २०८३, आइतबार | August 31, 2026

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र



नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई तिब्र पारिएको छ । यहि कार्तिक २२ देखि ३० गते सम्म नेपालगन्जजको रामलीला मैदानमा हुने महोत्सवको अन्तिम तयारीलाई तिब्र पारिएको आयोजक वैकुण्ठधाम सिधनियाघाटले जनाएको छ ।

महोत्सव गर्नुको मुख्य उद्देश्यहरु सुनाउँदै मुल समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले महोत्सवको मुख्य उद्देश्य ‘बैकुण्ठघाम, सिधनियाघाट’ निर्माणार्थ सहयोग संकलन गर्ने तथा वैकुण्ठधाम, सिधनियाघाट निर्माणार्थ सहयोगको निमित्त बाँके र आसपासका जिल्ला तथा पालिकाहरूसँग समन्वय गरी महोत्सवलाई प्रभावकारी तथा उपलब्धिमूलक बनाउनु रहेको उल्लेख गरे ।

उनका अनुसार राजनैतिक दल, दलको नेतृत्व, सरकारी तथा गैर सरकारी निकाय, नागरिक समाज, वात्ता र निर्माण पक्षबीच समन्वय गरि घाट निर्माणमा आइपर्ने विविध समस्या महोत्सवको माध्यमबाट समाधानमा सहजीकरण गर्दै वैकुण्ठधाम, सिधनियाघाटलाई एक सुव्यवस्थित र सुविधायुक्त घाट तथा विद्युतीय शवदाहगृह, मन्दिर, पितृको मृत्युकर्म, सोह्र श्राद्धकर्म, पितृ मोक्षका कर्मकाण्ड सम्पन्न गर्ने आध्यात्मिक स्थल निर्माण गर्ने र अन्य पर्यटकीय महत्वका संरचनाका साथसाथै ध्यान तथा योग केन्द्रसमेत विकास गरि आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको लक्ष्य रहेको छ ।

समुदायको अग्रसरतामा, आवश्यकता पहिचान, स्थानीय स्रोतको परिचालन गरि एक सामुदायिक सम्पदास्थलको निर्माण गर्न राज्यलाई सहजीकरण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने नीतिका साथ महोत्सवको आयोजना गरिन लागिएको डा. कनोडियाले बताए ।

सोही अनुरुप हालको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्न २०८१ कार्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जको रामलीला मैदानमा वाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको नेतृत्वमा वैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना हुने उनले बताए । महायज्ञको अलावा उक्त अवसरमा धार्मिक प्रवचन, आध्यात्मिक चिन्तनका साथै अन्य सनातन अनुष्ठान समेत हुने भएकाले सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि उनले अपिल गरे ।

निर्माण सहयोगार्थ सम्पन्न हुन लागिरहेको आध्यात्मिक महोत्सवलाई सबैको साझा अभियान र अपनत्व बनाउने गरि १०८ वटा उपसमिति बनाएर तयारी तिब्र बनाइएको आयोजक संस्थाका महासचिव श्रीराम सिग्देलले बताए । उनले पवित्र अभियानमा जोडिएर सहयोग गरिदिन सबै नागरिकहरुमा अपिल गरे ।

मूलसमितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेगठले महोत्सवको तयारीकै चरणमा २८ लाख बढी नगद संकलन भइसकेको र सरकारी तथा गैरसरकारी संघ संस्था र ब्यवसायिक प्रतिस्थानहरुबाट करोड बढीको आश्वासन प्राप्त भएको जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : २२ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति