४ पुस २०८२, शुक्रबार | December 19, 2025

जागिरबाट हटाइएपछि अस्पतालका कर्मचारीले गरे आत्मदाहको प्रयास



महेन्द्रनगर । अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उहाले बताउनुभयो । उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिनाको समय दिएर सेवा मुक्त गर्नको लागि निवेदन दिइएको थियो । सोही कारणदेखाएर उनले आत्मदाहको प्रयास गरेको हुनसक्ने साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आत्मदाह गर्नुको कारण नखुलेको बताउनुभयो । ‘के कारणले हो भन्ने खुलेको छैन, तर अस्पतालको करार अवधि थप नभएको देखियो’ उहाले भन्नुभयो ।

गम्भीर घाइते आहुजीको सुरुमा बयलपाटा अस्पतालमा नै उपचार गरिएको थियो । तर सुविधासम्पन्न अस्पतालमा उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  २ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको