४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जका चिकित्सकहरुले गरे उपत्यका बाहिर कोरोना संक्रमितको पहिलो शल्यक्रिया



नेपालगञ्ज । काठमाडौ पाटन अस्पतालमा कोरोना संक्रमितको खुट्टाको शल्यक्रिया सफल भएसंगै काठमाण्डौ बाहिर नेपालगन्जमा पहिलो पटक चिकित्सकहरुले कोरोना संक्रमितको सफल शल्यक्रिया गरेका छन् ।

नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी एकजना कोरोना संक्रमित महिलाको आन्द्राको सफल शल्यक्रिया गरिएको छ । ८ महिनाकी गर्भवती महिलाको शल्यक्रिया गरिएको र हाल आमा र गर्भभित्रको बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अछामको बयलपाटा अस्पतालले रिफर गरेको २५ वर्षिय महिलालाई सोमबार कोहलपुर ल्याइएको थियो । भारतकोबाट फर्केर क्वारेन्टाईनमा बसेका उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना पोजिटभ देखिएको थियो ।

संक्रमित महिलाको शल्यक्रियामा डा. प्रदिप थापा, डा. अनुप कार्की, डा. अनुप शर्मासहित ६ जना स्टार्फ नर्स र ६ जना सहयोगी गरि १४ जनाको टोली पचिालित भएका थिए ।

शल्यक्रिया सफल भएसंगै अस्पतालको व्यवस्थापनमा उपचारमा संलग्न चिकित्सक सहित सबै १४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । अस्पतालमा उपचारत महिलामा संक्रमण पुष्टि भएपछि मङ्गलबार एक दिनका लागि अस्पतालको बहिरङ्ग सेवा र आपतकालिन सेवा बन्द गरिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ७ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको