१५ चैत्र २०७९, बुधबार | March 29, 2023

५० हजार नागरिक विदेशबाट फर्किन इच्छुक, २४ हजारलाई सिफारिस



काठमाडौं । कोरोना भाइरसको सङ्कटका कारण नेपाल फर्कन चाहनेहरू विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएका छन् ।

जसमध्ये प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ । भिसा अवधि समाप्त भएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर फर्कने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई पठाएको सूची अनुसार युएइबाट मात्र १७ हजार ३७५ ले फर्कन चाहना राखेका छन् । जसमध्ये ४१० जनाले फर्कने सिफारिस प्राप्त गरेका छन् । त्यस्तै, बहराइनबाट एक हजार ११८ मध्ये ३७२ जनाले फर्कने अनुमति पाएका छन्

मलेसियाबाट फर्कन चाहेका छ हजार ४२५ मध्ये सबैले फर्कन सिफारिस पाएका छन् । कतारबाट आठ हजार ३७० मध्ये तीन हजार ६०८ जना फर्कन पाउने भएका छन् । कुवेतबाट ७९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कन पाउने भएका छन् । साउदी अरबको रियादबाट छ हजार ५४४ मध्ये दुई हजार १५२ ले र साउदीकै जेद्दाबाट फर्कन चाहेका एक हजार १६० जना सबैले फर्कने सिफारिस पाएका छन् ।

त्यसैगरी, निवेदन दिएकामध्ये सबैले फर्कन अनुमति पाएकामा ओमानबाट ६५६ जना, साइप्रसबाट ४७१ जना, बङ्गलादेशबाट ८६० जना, श्रीलङ्काबाट ३६ जना, मालदिभ्सबाट ७२४, पाकिस्तानबाट १२५ र कम्बोडियाबाट १४१ जना रहेका छन् ।

सिङ्गापुरबाट ६१ जना, थाइल्याण्डबाट ३५७ जना, भियतनामबाट चार जना, लाओसबाट दुई जना, दक्षिण कोरियाबाट २८२ जना, जापानबाट ९१६ जना, इजरायलबाट ३९ जना, अष्ट्रेलियाबाट एक हजार तीन सय जना, अमेरिबाट ६४६ जना, बेलायतबाट ४९ जना, क्यानडाबाट ७८्र जना, डेनमार्कबाट ७६ जना फर्कँदैछन् । त्यस्तै, युगाण्डाबाट १६१ जना, नाइजेरियाबाट ९७ जना, सुडानबाट ३१ जना, दक्षिण सुडानबाट १८ जना र मोरक्कोबाट ६९ जनाले फर्कने अनुमति पाएका छन् ।

विभिन्न मुलुकबाट पहिलो चरणमा ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी छ । जस अनुसार युएइ, मलेसिया, कुवेत, साउदीको रियाद, कतार, अमेरिका र बेलायतबाट दुईरदुई वटा उडान हुनेछ । अन्य देशबाट एकरएक फ्लाइट हुनेछ ।

पहिलो चरणमा पाँचदेखि सात वटा जहाज उडानबाट आउने नेपालीको सहज व्यवस्थापन गरिने जनाइएको छ । त्यसपछि दोस्रो चरणमा परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगको समन्वय र प्राथमिकतामा उडान हुनेछ । अन्य उडान भने परराष्ट्र र नागरिक उड्डयनको समन्वयमा उडान तय हुने बताइएको छ ।

उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ४२ बजे

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

बागलुङ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको

बारामा माओवादीलाई झड्का, शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवं गत निर्वाचनमा बारा क्षेत्र

मंगलबार घटेको सुनचाँदीको मुल्य आज बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो

गठबन्धन बैठक निष्कर्षविहीन, ३ बजे पुनः बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना