७ आश्विन २०८३, बुधबार | September 23, 2026

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल



काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् ।

ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन्। गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएकी हुन्। ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरुले निरन्तर रुपमा विश्वस्तरिय नतिजाहरु ल्याइरहेका छन्।

यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परिक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंकल्याएर विश्वकै दोस्रो स्थान हाँसिल गरेका थिए भने ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए।

त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका थिए। रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए। विश्वस्तरिय नतिजा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै खत्रीले शिक्षकहरु तथा कलेजमा आबद्ध सम्पूर्णलाई धन्यवाद दिइन्।

आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै खत्रीले भनिन्, ‘पछिल्लो समय विश्व बजारमा फिट हुनको लागि लचिलो विषयमा योग्यता चाहिन्छ। त्यसमध्येको एक एसीसीए शैक्षिक कार्यक्रम हो। नेपालको सन्दर्भमा ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए शैक्षिक कार्यक्रम उत्कृष्ट छ। राम्रो नतिजाको कारण ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय आवार्डहरु समेत पाएको छ। म यस कलेजमा सन् २०२३ को जुलाईमा भर्ना भएको हुँ। यस कलेजले विश्वस्तरिय सुविधाहरु प्रदान गर्नुको साथै यहाँका शिक्षकहरु पनि प्रतिष्ठित हुनुहुन्छ। त्यसैले इच्छुक विद्यार्थीहलाई पनि ब्रिटिस कलेज छनौट गर्नको लागि आग्रह गर्दछु।’

एसीसीए शैक्षिक कार्यक्रमको सिनियर प्रोग्राम म्यानेज दीपेन्द्र श्रेष्ठले भने, ‘ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए कार्यक्रम चर्चा नेपालमा राम्रो चर्चा छ। लामो समयको अनुभवको कारण हामीले हाम्रा विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न सकेका छौं। साथै,विद्यार्थीहरुलाई व्यवहारिक रुपमा पनि सबल बनाउनको लागि हाम्रो टिम सफल भएको छ।’

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो। विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो।

निरन्तर विश्वस्तरिय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभललर्निङ पार्टनर’ को दर्जा प्रदान गरेको छ। प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो। त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ५७ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु