४ पुस २०८२, शुक्रबार | December 20, 2025

अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न. ५ द्धारा कोरना उपयोगी औषधि बितरण



बुटवल । अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न. ५ कमिटिले कोभिड-१९ (कोरना भाइरस) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधीको विभिन्न ठाउमा बितरण गरेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी मार्फत क्वारेन्टाइन तथा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि १ हजार र स्थानियको लागि ३ हजार होमियोप्याथिक आर्सेनिक एल्ब ३० औषधि हस्तान्तरण गरिएको प्रदेश न. ५ कमिटीका अध्यक्ष डाक्टर संगीत प्रधानले बताउनुभयो ।

‘यो रोग प्रतिरोधात्मक औषधि हो । अन्य रोगसंगै कोरना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधिलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ’ । ‘उहाले भन्नुभयो’ उप्त औषधि नेपालगज्जको लागि १० हजार, दाङ्गको लागि ५ हजार, पाल्पा रामपुरको लागि ५ हजार र बेलहियाको १० हजार औषधि पठाइएको प्रधानले बताउनुभयो ।

उक्त कार्यक्रममा संघीय सांसद सुजिता शाक्यले दाङ तथा कपिलवस्तुका विभिन्न क्वारेन्टाइनमा समेत औषधि वितरण गरि सकेको जानकारी दिनुभएको थियोे । औषधिको प्रभावकारिता तथा अपरिहार्यताका बारेमा समेत छलफल भएको र आगामी दिनमा प्रदेश ५ अन्तर्गत रहेका विभिन्न क्वारेन्टाइन तथा सम्पूर्ण जनस्तरमा समेत सो औषधि निशुल्क उपलब्ध गराउन पहल भैरहेको एसोसिएशनका केन्द्रीय सदस्य डा. मिनराज भुसालले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश ५ कमिटी उपाध्यक्ष डा. इकरम वारिसले विभिन्न देशमा होमियोप्याथिक औषधिद्वारा गरिएको कोरोना रोकथाम सम्बन्धि प्रयास तथा त्यसको प्रभावकारिता सम्बन्धि तथ्यांक पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको