१० भदौ २०८३, बुधबार | August 26, 2026

अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न. ५ द्धारा कोरना उपयोगी औषधि बितरण



बुटवल । अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न. ५ कमिटिले कोभिड-१९ (कोरना भाइरस) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधीको विभिन्न ठाउमा बितरण गरेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी मार्फत क्वारेन्टाइन तथा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि १ हजार र स्थानियको लागि ३ हजार होमियोप्याथिक आर्सेनिक एल्ब ३० औषधि हस्तान्तरण गरिएको प्रदेश न. ५ कमिटीका अध्यक्ष डाक्टर संगीत प्रधानले बताउनुभयो ।

‘यो रोग प्रतिरोधात्मक औषधि हो । अन्य रोगसंगै कोरना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधिलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ’ । ‘उहाले भन्नुभयो’ उप्त औषधि नेपालगज्जको लागि १० हजार, दाङ्गको लागि ५ हजार, पाल्पा रामपुरको लागि ५ हजार र बेलहियाको १० हजार औषधि पठाइएको प्रधानले बताउनुभयो ।

उक्त कार्यक्रममा संघीय सांसद सुजिता शाक्यले दाङ तथा कपिलवस्तुका विभिन्न क्वारेन्टाइनमा समेत औषधि वितरण गरि सकेको जानकारी दिनुभएको थियोे । औषधिको प्रभावकारिता तथा अपरिहार्यताका बारेमा समेत छलफल भएको र आगामी दिनमा प्रदेश ५ अन्तर्गत रहेका विभिन्न क्वारेन्टाइन तथा सम्पूर्ण जनस्तरमा समेत सो औषधि निशुल्क उपलब्ध गराउन पहल भैरहेको एसोसिएशनका केन्द्रीय सदस्य डा. मिनराज भुसालले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश ५ कमिटी उपाध्यक्ष डा. इकरम वारिसले विभिन्न देशमा होमियोप्याथिक औषधिद्वारा गरिएको कोरोना रोकथाम सम्बन्धि प्रयास तथा त्यसको प्रभावकारिता सम्बन्धि तथ्यांक पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : ५८ बजे

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ