१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

रूकुम चौरजहारी हत्याकाण्डका ३४ अभियुक्तहरूलाई कर्तव्यज्यान मुद्दा दायर



काठमाडौं । पश्चिम रुकुमको चौजहारी हत्याकाण्डमा संलग्न भनिएका ३४ जनालाई कर्तव्य ज्यानमुद्दा दायर गरेको छ ।

जाजरकोटका नवराज विकसहित ६ जनालाई सामुहिक हत्या गरेको अभियोगमा उनरूहरूलाई जिल्ला अदालत पश्चिम रूकुममा मुद्दा दायर गरिएको हो ।

प्रहरीले सामुहिक हत्या भएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ ।

उनीहरुमाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग र जातीय भेदभावको आरोप लगाइएको छ ।

प्रहरीले नवराज विकसहित ६ जनाको योजनाबद्ध हत्या गरिएको निस्कर्ष निकालेको छ ।

क्रुरतापूर्वक हत्याको अभियोगमा संलग्नमाथि जन्मकैदको माग गरिएको छ । दुई जनालाई बालिबालिकाको श्रेणीमा राखि कारबाहीको माग गरिएको छ ।

मल्ल थरकी प्रेमिकाले फेसबुक मेसेन्जरमा आफुलाई लिन आउ भने बोलाएपछि नवराज आफ्ना १८ जना साथि लिएर पे्रमिका भगाउन गत जेठ १० गते सोती गांउ गएका थिए । उनीहरु गां पुगे लगत्तै गांउलेबाट उनीहरुमाथि आक्रमण भएको थियो । नवराज सहित ६ जनाको भेरी नदिबाट मृत अवस्थामा शव निकालिएको थियो । मृतकका आफन्तले मारेर फालेको आरोप लगाएकाछन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : ४७ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा