४ पुस २०८२, शुक्रबार | December 20, 2025

गरिव परिवारको आयआर्जनका लागि नि-शुल्क कुखुरा



बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले अति विपन्न परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कुखुराको खोर निर्माण गरिदिने र कुखुरा वितरण गर्ने भएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा नं.३ को सियारी टोलका २५ घरपरिवारलाई पालिकाले प्रति परिवार एउटा कुखुराको खोर र ३० वटा लोक्कल कुखुरा वितरण गर्ने भएको छ । गांउपालिकाले कुखुरा पालनका लागि कम्तीमा २ महिना पुग्ने कुखुराको दाना समेत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमले गरिव परिवारलाई घरखर्च चलाउन तथा बालबालिकाहरुको पढाईमा थप मद्दत मिल्ने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । उनले भने– “गरिव परिवारको आर्थिक समृद्धिका लागि पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।”

कुखुराको खोर र कुखुरा बितरणको बजेट भने मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सहयोग गरेको हो । र्काक्रमका लागि प्रदेश सरकारले पाँच लाख सहयोग गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १० : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको