४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमितको दोस्रो सफल शल्यक्रिया



नेपालगन्ज । कोरोना भाइरस संक्रमितको नजिक उभिन पनि जोखिम हुन्छ भन्ने भ्रम चिर्दै नेपालका चिकित्सकहरुले कोरोना संक्रमितको धमाधम शल्यक्रिया गर्न सफल भएका छन् । काठमाण्डौको पाटन अस्पतालबाट सुरुभएको यो सृङखला नपालगन्ज पुगेको छ । जटिल प्रसव समस्याले ग्रशित कोरोना संक्रमित महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सफल शल्यक्रिया गरिएको छ । उनको शल्यक्रियाबाट छोरी जन्मिएको छ ।

भीम अस्पताल भैरहवाबाट रिफर भएर आएकी महिलाको शल्यक्रिया मार्फत छोरी जन्मिएको अस्पतालका सह निर्देशक डा.नितेश कुमार कनोडियाले जानकारी दिए । भैरहवाको भीम अस्पतालमा भर्ना रहेका कृष्णनगर कपिलवस्तुकी २७ वर्षकी कोबिड–१९ पोजेटिभ रहेकी गर्भवती महिलाको आकस्मिक शल्यक्रियाबाट शिक्षण अस्पतालमा प्रसुती भएको हो । अहिले आमा र वच्चाको अवस्था सामान्य रहेको कनोडियाले बताए ।

जटिल अवस्थामा रहेकी उनलाई भैरहवाबाट शिक्षण अस्पताल कोहलपुरमा बिहान करिव २ बजे ल्याईएको थियो । विहान ५ः१२ मा शल्यक्रिया सुरु गरी ५ः२५ मा २ किलो ४ सय ग्राम तौल भएको छोरीको जन्म भएको अस्पतालले जनाएको छ ।सक्रमित महिलाको मेडिकल कलेजका डा. कबिता सिन्हा, डा. रबिन श्रेष्ठ, डा. राजेश केसी, डा.अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफहरु संगीता गिरी, सरस्वती श्रेष्ठ, पबित्रा विष्टको टिमले सफल शल्यक्रिया गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थर्ड लेभलकोे कोरोना अस्पताल तोकेर दिएको जिम्मेवारी दिएपछि अस्पतालले अछाम जिल्लाको चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया कोरोना संक्रमित १८ हप्ताकी गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरेर थर्ड लेभलको कोरोना अस्पतालको काम सुरु गरेको थियो । अस्पतालमा संक्रमितको शल्यक्रिया भएको यो दोस्रो घटना हो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको