३० भदौ २०८३, मंगलबार | September 15, 2026

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ गएका हुन्। जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेपछि देउवाले यसअघि पनि सिंगापुरमै उपचार गराएका थिए।

पछिल्लो समय पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनी सक्रिय राजनीतिबाट केही टाढा बसेका थिए।

विशेष महाधिवेशनपछि सभापति पद गुमाएका देउवा गगनले प्रतिनिधि सभाको उम्मेदवार पनि नबनाएपछि निरास भएका थिए । त्यसैले उनी कुनै पनि चुनावी कार्यक्रममा सहभागी भएका थिएनन् । उनलाई मनाउनका लागि कांग्रेसका नेताहरुले प्रयास गरे पनि त्यसलाई अस्वीकार गर्दै आएका थिए ।

डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक निर्वाचित हुँदै आएका देउवाको क्षेत्रबाट यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।

पार्टीभित्र असन्तुष्टिकै बीच देउवा उपचारको लागि सिंगापुर उडेका हुन् । अब उनी चुनावपछि मात्र काठमाडौं फर्किने आंकलन गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ९ : ४३ बजे

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका