४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रत्येक दिन १० हजार पीसीआर परिक्षण गर्ने तयारी हुंदैछ : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश प्रयोगशालाको वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको बताएकाछन् ।

मन्त्री ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी गरिएको जानकारी दिंदै जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको बताए । उनले प्रत्येक प्रदेशबाट १ हजारका दरले र नीजि क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताए ।

शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताउंदै औषधि खरिदमा अनियमितता नभएको दाबी गरे ।

अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ ।

मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताए । यद्यपी जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उनले भने ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको