२२ भदौ २०८३, सोमबार | September 7, 2026

विदेशमा अलपत्र परेका ११५० नेपाली नेपाल आईपुगे, मध्यरातिसम्म थप ३०० स्वदेश फर्कंदै



बुटवल । कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउने क्रम जारी छ ।

बिपद ब्यवस्थापन केन्द्रका अनुसार आइतवार मात्र विभिन्न मुलुकबाट नेपाल फर्कन निबेदन दिएकाहरु मध्ये१ हजार १ सय ५० नेपालीहरु नेपाल आईपुगेका छन् । आज मध्यान्ह सम्म कतार, साउदी अरब, युनाईटेट अरब ईमिरेट युएई, कुवेत र बंगलादेशबाट ११ सय बढी नेपाली नेपाल आईपुगेकाछन् ।

उनीहरुलाई नेपाली सेनाले बनाएको होल्डीङ सेन्टरमा राखि स्वास्थ्य परिक्षण तथा ब्यक्तिगत बिवरण लिएर सम्बन्ति पालिकाको क्वारेन्टाइनमा बस्ने गरि गन्तब्य पु-याउने ब्यवस्था भएको सीसीएमसीले जनाएको छ । सीसीएमसीका अनुसार आज मध्यराती सम्म युएई र मलेसियाबाट थप ३०० नेपाली स्वदेश आईपुग्ने छन् ।
युएईबाट मात्र आज २ उडान भएको थियो । हिमालय एयरलाईन्सको फ्लाईट नम्बर H95672 र फ्लाईट नम्बर FZ8627 को अर्को बिमानबाट ३३८ जना युएईबाट आज नेपाल आईपुगेका थिए । नेपाल एयरलाईन्सको बिमानबाट आजै युएईबाट थप १५० जना नेपाल आईपुग्दै गरेको सीसीएमसीले जनाएको छ ।

विवरण :

सि.नं. आएको देश फ्लाईट नं. आएको समय प्रदेश

नं.1

प्रदेश नं.2 बागमती प्रदेश गण्डकी प्रदेश प्रदेश नं.5 कर्णाली प्रदेश सु.प. प्रदेश आएको जम्मा कै.
1. कतार RA-2392 07:50 23 12 50 20 39 0 5 149
2. साउदी अरब RA-2192 07:40 53+1 37 49 42 51 5 9 246+1 शिशु 1 सहित
3. यू.ए.ई. H95672 09:50 37 10 54 22 24 3 3 153
4. कुवेत JZ1541 11:49 54 4 61 14 30 3 0 166
5. यू.ए.ई. FZ8627 15:00 62 18 48 30 23 1 3 185
6. बंगलादेश RA-4262 17:12 250 बिस्तृत विवरण प्राप्त हुन बाँकी

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ४१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा