३ श्रावण २०८२, शनिबार | July 20, 2025

विदेशमा अलपत्र परेका ११५० नेपाली नेपाल आईपुगे, मध्यरातिसम्म थप ३०० स्वदेश फर्कंदै



बुटवल । कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउने क्रम जारी छ ।

बिपद ब्यवस्थापन केन्द्रका अनुसार आइतवार मात्र विभिन्न मुलुकबाट नेपाल फर्कन निबेदन दिएकाहरु मध्ये१ हजार १ सय ५० नेपालीहरु नेपाल आईपुगेका छन् । आज मध्यान्ह सम्म कतार, साउदी अरब, युनाईटेट अरब ईमिरेट युएई, कुवेत र बंगलादेशबाट ११ सय बढी नेपाली नेपाल आईपुगेकाछन् ।

उनीहरुलाई नेपाली सेनाले बनाएको होल्डीङ सेन्टरमा राखि स्वास्थ्य परिक्षण तथा ब्यक्तिगत बिवरण लिएर सम्बन्ति पालिकाको क्वारेन्टाइनमा बस्ने गरि गन्तब्य पु-याउने ब्यवस्था भएको सीसीएमसीले जनाएको छ । सीसीएमसीका अनुसार आज मध्यराती सम्म युएई र मलेसियाबाट थप ३०० नेपाली स्वदेश आईपुग्ने छन् ।
युएईबाट मात्र आज २ उडान भएको थियो । हिमालय एयरलाईन्सको फ्लाईट नम्बर H95672 र फ्लाईट नम्बर FZ8627 को अर्को बिमानबाट ३३८ जना युएईबाट आज नेपाल आईपुगेका थिए । नेपाल एयरलाईन्सको बिमानबाट आजै युएईबाट थप १५० जना नेपाल आईपुग्दै गरेको सीसीएमसीले जनाएको छ ।

विवरण :

सि.नं. आएको देश फ्लाईट नं. आएको समय प्रदेश

नं.1

प्रदेश नं.2 बागमती प्रदेश गण्डकी प्रदेश प्रदेश नं.5 कर्णाली प्रदेश सु.प. प्रदेश आएको जम्मा कै.
1. कतार RA-2392 07:50 23 12 50 20 39 0 5 149
2. साउदी अरब RA-2192 07:40 53+1 37 49 42 51 5 9 246+1 शिशु 1 सहित
3. यू.ए.ई. H95672 09:50 37 10 54 22 24 3 3 153
4. कुवेत JZ1541 11:49 54 4 61 14 30 3 0 166
5. यू.ए.ई. FZ8627 15:00 62 18 48 30 23 1 3 185
6. बंगलादेश RA-4262 17:12 250 बिस्तृत विवरण प्राप्त हुन बाँकी

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ४१ बजे

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम, तराईमा मौसम बदली मात्र

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ

सचिवालय बैठकले प्रस्ताव गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले सचिवालयबाट निर्णय भएर आएको

दाङको राप्ती गाँउपालिकामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर : डेढ सय बढी महिलाले लिए सेवा

दाङ। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा आयोजित

नहरमा डुबेर एक जनाको मृत्यु

कैलाली । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ