१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

फुटपाथ कब्जागरि आवागमन अवरोध गर्नेहरुलाई खजुरा गाउँपालिकाले काराबाही गर्ने



खजुरा । खजुरा गाउँपालिकाले सडक र फुटपाथ अतिक्रमण गर्नेहरुलाई कारबाही गर्ने भएको छ । पालिकाले आज एक सूचना प्रकाशित गर्दै हुलाकी राजमार्ग खण्ड तथा अन्य सहायक मार्गहरु अवरोध हुनेगरि कार्य गर्नेहरुलाई कारबाही गर्ने जनाएको छ ।

सूचनामा हुलाकी राजमार्ग तथा अन्य सहायक मार्गहरुमा सडक अवरोध हुने गरि फुटपाथ ओगटेर पसल राख्ने, निर्माण सामाग्री राख्ने तथा अब्यवस्थितरुपमा पशुवस्तु बाँध्ने गरेको पाईएको उल्लेख गर्दै आवागमनमा अवरोध हुनेगरि सडक अवरोध गर्नेहरुलाई कारबाही गर्न गाउँ कार्यपालिकाबाट निर्णय भएको जनाइएको छ ।

सूचनामा सडक छेउमा पराल तथा गोबर थन्क्याउने, सडकमा छाडा चौपाया छाड्ने तथा अटो र इरिक्साको अब्यवस्थित पार्किङका कारण यात्रुहरुलाई आवत जावतमा समस्या भएको उल्लेख गरिएको छ । गाउँपालिकाले सडक अवरुद्ध हुनेगरि कुनै कार्य नगर्न सूचना गर्दै सूचनाको अटेर गर्ने ब्यक्तिहरुलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

९ वर्षदेखि ठेकेदारको लापरवाहीले अवलपत्र परेको हुलाकी राजमार्गको खजुरा गाउँपालिका खण्डमा पर्ने १ हजार ८०० मिटर सडकको स्तरउन्नती सम्पन्न हुने चरणमा रहेपनि स्तरोन्नतीको कार्य सम्पन्न नहुँदै स्थानीयले फुटपाथमा ब्यापार ब्यवसाय गर्ने, गाडी पार्किङ गर्ने, सडक अवरुद्ध हुनेगरि अटो तथा इरिक्साको पार्किङस्थल बनाउने कार्य गरेपछि सडकमा यात्रुहरुले सास्ती ब्यहोर्दै आएका छन् ।

सुडकको सुन्दरता कायम गर्न र सहज आवागमनका लागि स्थानीय सरकार कडाईका साथ अगाडि बढ्ने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले बताए । खजुराबाट विमानस्थल गएपनि उजाड भएको खजुरालाई हुलाकी राजमार्गले पुनर्जागरणको अपेक्षा गरिउको उल्लेख गर्दै अध्यक्ष बिकले हुलाकी राजमार्गलाई उपयोग गर्दै खजुरालाई औद्योगिकरण गरिने बताए ।

उनले तीन महिनाभित्रमा राजमार्ग खण्डमा सडक बत्ति जडान हुने जानकारी दिंदै आफ्नै कार्यकालमा बाँकी रहेको अधिकांस सहायक मार्गहरु पनि कालोपत्रे हुने गरि योजना बनाइएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलबहादुर पौडेलले हुलाकी राजमार्गसँगै भित्री सडकहरुमा समेत अनाधिकृत सडक अवरोधहुने गरि निर्माण सामाग्री राख्ने, पशु चौपाया सडकमा बाँध्ने, गोबरपराल थुपार्ने कार्य गर्नेहरुका विरुद्ध पालिका कडाईका साथ प्रस्तुत हुने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  २ : २३ बजे

फुटपाथ कब्जागरि आवागमन अवरोध गर्नेहरुलाई खजुरा गाउँपालिकाले काराबाही गर्ने

खजुरा । खजुरा गाउँपालिकाले सडक र फुटपाथ अतिक्रमण गर्नेहरुलाई कारबाही

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सर्वसाधारणका

बझाङमा जिप दुर्घटना; दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली