४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मी मालिकाको बजेट ४७ करोड ६९ लाख : आर्थिक बिकास बिपद् ब्याबस्थापन ,कृषि पशुपालनमा प्राथमिकता



गुल्मी । गुल्मी जिल्ला मालिका गाउँपालिकले आगमि आर्थिक बर्ष २०७७। ०७८ को लागि ४७ करोड ६९ लाख बजेट बिनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले ४७ करोड ६९ लाख १७ हजार ५ सय रुपैयाँको बजेट गाउँसभामा पेश गरेकी छिन् ।

मालिका गाउँपालिकाले यस बर्ष आर्थिक बिकास,बिपत् ब्याबस्थापन ,कृषि ,पशुपालन,रोजगारि ,बिकाश पुर्वाधार निर्माण ,खरका छाना बिस्थापित ,एक घर एक धारा जस्ता बिषयलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष रिजालले बताईन् । गाउँपालिकाले चालु तर्फ ७ करोड ४६ लाख ८७ हजार ५ सय पुजिँगत तर्फ १३ करोड ६३ लाख ८० हजार बिनियोजन गरेको छ ।

आगमि बर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य ,शिक्षा,कृषि ,पर्यटन,खानेपानी ,युवालाई रोजगार ,बिद्युत ,अपाङ्ग,बालबालिका तथा महिला लगाएतका बिभिन्न क्षेत्रको बिकाशलाई जोड दिदैँ निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चालु आवमा कोभिड–१९ का कारण सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयन ,बजेटका मुख्य प्राथमिकताहरु अनिवार्य दायित्व, बहुवर्षीय क्रमागत योजना, , ममर्त सम्भार कोष, पूर्वाधार विकास, पूँजिगत भैपरी, प्रकोप शैक्षिक विकासजस्ता विभिन्न कोषहरु समेटिएको छ ।

बजेटका केहि नयाँ पक्ष :
गाउँपालिकाले युवाहरुको उद्यमशिलतालाई प्रबद्र्धनका लागि ३ करोड भन्दा बढि बिना ब्याजको रकमको सहकारीसंग साझदारी गर्ने र ब्याजको रुपमा २४ लाख छुट्याएको छ ।

यातयातमा गाउँपालिका का नागरिकलाई सहजता दिनको लागि गाउँपालिकाले निजि क्षेत्र संगको साझेदारी गर्नेको लागि १० लाख छुट्याएको छ ।

शिक्षाको गुणस्तरमा बृद्धि गर्नेको लागि शिक्षकले क्याम्पसमा पढे बापत क्याम्पसमा साझेदारी गर्नेको लागि २ लाख रुपैँया बिनियोजन गरेको छ ।

सामाजिक क्षेत्रमा सबै कामलाई श्रममुलक बनाउनको लागि गाउँपालिकाका कम्तिमा १५ सय नागरिकलाई रोजगारि दिने भएको छ ।

महिला ,अपाङ्ग बालबालिका लाई रोजगार सेवा केन्द्र, निर्माण टोल सुधार समिति लगाएतका क्षेत्रमा पहल गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १० : १८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज