१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना विशेष अस्पतालको दैनिक खर्च २ लाख, सानो रकम दिएर गरियो ठूलो भाषण



बुटवल । नेपालका कतिपय अस्पतालहरुमा कोरोना पुष्टि भएका संक्रमितलाई चिकित्सक र स्वास्थ्कर्मीहरुले सेवा नदिएको, आईसियु वा भेन्टिलेटरमा राखिएका बिरामीलाई स्वास्थ्यकर्मीहरु नजिक नै नगएको जस्ता गुनासोहरु आईरहेका बेला रुपन्देहीको कोरोना बिशेष अस्पतालबाट भने कोरोना संक्रमित सिकिस्त भै श्वासप्रश्वासमा गार्हो भएर सख्त अवस्थामा पुगेका २ जना संक्रमित निको भएर घर फर्केका छन् ।

बुटवल स्थित धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा कोरोनाका कारण गम्भिर अवस्थामा पुगेका आइ सी यू सेवा लिईरहेका ८ं१ जना बिरामीहरुमध्ये २ जना कोरोना मुक्त भएका हुन् ।

अस्पतालका अनुसार आईसीयु र भेन्टिलेटरको सेवा लिनु परेका अन्य ३ जनाको पनि सख्त अवस्थाबाट उल्लेख्य सुधार भएको तर अझै संक्रमण कायमै रहेकोले जनरल आइसोलेशन वार्ड्मा सारिएको अस्पतालले जनाएको छ । बिशेष अस्पतालमा भर्ना भएका मध्य अरु ४ जनामध्ये १ जनाको श्वसनलिमा ट्यूब राखी भेन्टिलेटरको सपोर्ट्मा रहेकोलगायत सबैजना सघन मोनिटरिङ्मा रहेको लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले बताए । खनालका अनुसार अस्पतालमा २ जनाले भेन्टिलेटरको सेवा लिईरहेकाछन् ।

कोरोनाको कारण सिकिस्त भएर जेठ १४ गते भर्ना भएका आईसीयु, भेन्टिलेटर सहितको सेवा लिएर कोरोना मुक्त भएर घर पठाईएको डाक्टर खनालले बताए । ।

अस्पतालमा एनेस्थेटिस्ट बिशषज्ञ डा सुरेन्द्रको नेतृत्वमा फिजिसियन्स , नर्सिङ स्टाफ , सहयोगीहरु सहितको कृटिकल केयर टीमले आइ सी यू भित्र सेवा दिईरहेकाछन् । बिशेषज्ञहरुको टिम सहितको स्वास्थ्यकर्मीको टिमलाई आलोपालो गरि सघन उपचारकक्षभित्र खटाईएको छ । पालो पुरा गरेर बिश्राम लिने स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाईएको छ ।

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशीक अस्पतालको साझेदारीमा संचालन भएको कोरोना बिशेष अस्पतालमा कृटिकल अवस्थाका बिरामीको उपचार ब्यवस्थापन गर्ने चुनौती भने बढ्दै गएको मेसु खनालले बताएका छन् । हरेक पटक आईसीयु भिजिट गर्दा पीपीई चेन्ज गर्नुपर्ने, हरेक दिन संक्रमित बसेको बेड बिस्तरा सेनेटराईज गर्नुपर्ने, प्रत्यक पटक स्वास्थ्य सुरक्षा सामाग्री फेर्दे जानु पर्ने भएका कारण ब्यवस्थापनको चुनौती थपिएको डाक्टर खनालले बताए ।

बिशेष अस्पतालमा २० वटा आईसीयु र ८ वटा भेन्टिलेटर राख्ने योजना भएपनि हाल ८ आईसीयु र ४ वटा भेन्टिलेटर संचालनमा रहेकाछन् । बुटवल उपमहानगरपालिका र लुम्बिीनी प्रादेशीक अस्पतालको संयोजनमा अस्पतालको स्थापना गरिएपनि स्थापनाको अवधिमा निर्माण कार्यमा उप महानगरपालिकाबाट खर्च गरिएको र त्यस पछि स्थानीय तहबाट आर्थिक ब्यवस्थापन नभएको लुम्बिनी प्रादेशीक अस्पता बिकास समितीका अध्यक्ष सुर्य भट्टराईले बताए । भट्टराईका अनुसार प्रदेश सरकारले प्याकेजमा २ करोड र बांकी अस्पतालकै बिकास समितीको कोषबाट दैनीक गतिबिधि संचालन भईरहेको छ । आईशोलेसनमा बसेकालाई खाना खर्च भन्दै प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले २० लाख पठाएको पनि भट्टराईले जानकारी दिए ।

दिनदिनै पी पी ई को खपत आइ सि यूको लागी कम्तिमा २०-२५ थान पीपीई आवश्यक रहेको बताउंदै मेसु डाक्टर खनालले पीपीई सहित औषधी , जांच, अक्सिजन तथा उपचारमा संलग्नहरुलाई बसाइ र खानाको ब्यवस्थापन , गाडिमा इन्धनको खपत जस्ता दैनीक खर्चका कारण आर्थिक चुनौती थपिएको बताए ।

उनले सरोकारवाला निकायले ग्राउण्ड रियालिटीमा आएर समस्या नबुझिदिंदा दैनीक खर्च ब्यवस्थापनमा चुनौती थपिएको गुनासो गरे । हरेक दिन १ लाख ५० हजार देखि २ लाख सम्मको खर्च जोहो गर्नु कम चुनौती नभएको भन्दै उनले भने, ‘उच्च तहका अधिकारीहरु ग्राउण्ड रियालिटीमा पुग्दै पुगेनन् ।’

बुटवलको कोरोना बिशेष अस्पताललाई बिश्व स्वास्थ्य संगठनले पनि राम्रो अस्पतालकारुपमा मुल्यांकन गरेको थियो । अस्पतालले नेपाल कै नमुना कोरोना बिशेष अस्पतालकारुपमा दाबी गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १० : ३८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान