१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक किर्ते कागज बनाई ऋण प्रवाहको अभियोगमा पक्राउ



नेपालगञ्ज । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंकका एकजना प्रबन्धकलाई पक्राउ गरेको छ ।

शुक्रबार राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई प्रहरीले किर्ते कागज गरि ऋण प्रवाह गरेको आरोपमा पक्राउ गरेको हो ।

सरकारी कागजात किर्ते गरी एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी जसगढले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा २७ जेठ मै पक्राउ परेका थिए ।

जसगढको मुद्दामा शाहीलाई समेत अभियोजन गरि अदालतबाट अनुसन्धान गर्ने आदेश अनुसार पक्राउ गरिएको डिएसपी खड्काले बताए । उनले प्रबन्धक शाहीलाई शुक्रबार नै जिल्ला अदालत बाँकेबाट म्याद थप गरि अनुसंन्धान सुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ४१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव