१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ



वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ ।

स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुले सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो । वालिङ– १० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, वालिङ–१०का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधनले वालिङ शोकमा डुबेको हो ।

एउटै ठाउँका व्यवसायीहरुलाई अकस्मात् गुमाउनुपर्दा निक्कै पीडाबोध भएको वालिङ नगरउपप्रमुख कविता तिवारी गैहे्रले बताए । दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये चार जना वालिङ–१० मा बसेर व्यवसाय गर्दै आएका व्यवसायीहरु गुमाउनुको पीडाले आफन्त तथा स्थानीयहरु चिन्तित छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा सोमबार गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट झण्डै २५० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घाइते तीन जनाको अहिले पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ९ : २८ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार