४ पुस २०८२, शुक्रबार | December 19, 2025

शव ब्यवस्थापनमा संलग्न सुरक्षाकर्मीमा कोरोना संक्रमण, स्वास्थ्य सुरक्षा समाग्री प्रयोगमा कमजोरी भएको हुन सक्ने अनुमान



पाल्पा । पाल्पाको पूर्वखोलाका कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा संलग्न २ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना भाइसरका कारण मृत्यु भएकोमा उनको शव व्यवस्थापनमा संलग्न नेपाली सेनाका दुईजना जवानमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

शव व्यवस्थापनमा सहभागी भएका तानसेन नगरपालिका ६ स्थित नेपाली सेनाको गोखदल गणका ३३ र ३४ वर्षका पुरुषको पिसिआर परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख बिश्व न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार उनीसंगै शव व्यवस्थापन कार्यमा संलग्न एकजना पुरुषको भने कोरोना नेगेटिभ आएको छ ।

लामो समय पीपीई लगाउंदा गर्मीका कारण आएको पसिना पुछ्ने क्रममा वा लगातारको वर्षाका कारण पीपीईबाट पानी छिरेर पुछ्ने क्रममा संक्रमण भएको हुन सक्ने स्वास्थ्य कार्यालय प्रमुख न्यौपानेले अनुमान गरेका छन् ।

स्वास्थ्य सुरक्षा सामाग्रीको उपयोग गर्दा कोरोना संक्रमणबाट जोगिन सकिने भएपनि सामाग्रीको गलत प्रयोग र प्रयोग बिधि नमिलेको अवस्थामा जोखिम हुन सक्ने बिज्ञहरुले बताउंदै आएका छन् ।

फाईल फोटो

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ११ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको