२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

जातीय भेदभाव विरुद्धको अभियान चलाउन बुटवल सुकुम्बासीका दलित युवा संगठित



बुटवल । दैशैभर दलित समुदायमाथि जातीय भेदभावकै कारण हत्या तथा हिंसा हुन थालेपछि बुटवल सुकुम्बासी बस्तीका युवाहरु संगठित रुपमा विभेद विरुद्धको अभियानमा सामेल भएका छन् ।

बुटवल उपमहानगरपालिका वडा न. ११ सिरानगाउँ मझुवाका दलित समुदायका युवाहरुले संयुक्त दलित यूवा समाज गठन गरेर विभेद विरुद्धको अभियान सञ्चालन गर्न एक जुट भएका हुन् । शनिबार संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यतामा भएको भेलाले विक्रम परियारको अध्यक्षतामा उक्त समाजको तदर्थ समिति गठन भएको हो ।

दलित समुदायले भोगेका जातीय भेदभाव विरुद्ध युवाहरुबाट रचनात्मक अभियान सञ्चालन गर्ने, नेतृत्व विकास र टोलको विकासमा समेत हातेमालो गर्ने गरि समाज गठन गरेको युवाहरुले बताएका छन् । समाजको उपाध्यक्षमा प्रमोद सुनार, सचिव आयुष्मा खाती, सहसचिव घनश्याम परियार कोषाध्यक्षमा आशा नेपाली, र सहकोषाध्यक्षमा एलिना परियार चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा मनिष परियार, रामचन्द्र परियार, जीवन दर्जी, कार्यक्रम संयोजकमा भूमिका परियार र मनोज सुनार चयन भएका छन् । यसैगरि सल्लाहकारमा विजय विश्वकर्मा, सुनिल विश्वकर्मा, सुरेश परियार, खेम बहादुर विशवकर्मा र सन्दिप परियार रहेका छन् । उक्त तदर्थ समिति गठनका अवसरमा बोल्दै संविधानसभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले समाज रुपान्तरणका लागि युवाहरुले थालेको काम निकै प्रशसंनीय रहेको बताए ।

उनले राज्यले विकासमा पछाडि राख्ने सुकुम्बासी बस्तीका दलित समुदायका युवाहरुले समाज रुपान्तरणसँगै आफ्नो क्षेत्रको विकासमा लाग्न संस्थाको आवश्यकता महसुस गर्नु नै ठूलो उपलब्धि भएकाले अब युवाहरुको उर्जालाई संरक्षणको खाँचो रहेको बताए । सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य विनोद परियारले जातीय विभेद राज्यद्धारा लादिएको व्यवस्था भएकाले अब यसको अन्त्य विना समाजको विकास सम्भव नभएको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश ५ का सचिव सञ्जय सौगातले अबको पुस्तालाई विभेद विरुद्धको अभियानमा सामेल बनाउने दायित्व यूवा पुस्ताको भएकाले त्यसको अगुवाईमा सफलाको शूभकामना दिए ।

पछिल्लो समयमा रुकुममा अन्तरजातीय प्रेम गरेका नवराज विकको जातीय विभेदकै कारण हत्या भएको तथा देशैभर विभिन्न खालका विभेदहरु कायम रहेकाले समाजलाई सजग र युवाहरुलाई समेत सचेत गराउन समाजको स्थापना गरिएको सल्लाहाकार सुरेश परियारले बताए ।

सामाजिक न्याय सहित यूवाहरुको सृजनशिलता विकास गर्ने गरि आफूहरुले काम गर्ने अध्यक्ष विक्रम परियारले बताए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : ४७ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम