९ चैत्र २०८२, सोमबार | March 23, 2026

माथिल्लो सिद्धबाबा क्षेत्रमा पहिरो खस्यो, बुटवल–तानसेन सडकखण्डमा यातायात अवरुद्ध



बुटवल । बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्र नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

आइतबार बिहान सवा ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै पहिरो खसेको हो ।

अबिरल बर्षाका कारण पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ । लगातार परेको बर्षका कारण डोजर आइसकेपनि पहिरो हटाउने काम भै नसकेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोम बहादुर सारु बताउनुभयो ।

अहिले पहिरो गएको स्थानमा दोभान प्रहरी चौकी पाल्पाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरी समेत खटिएको छ ।

सिद्धबाबा क्षेत्रमा वर्षाको समयमा जहिले पनि पहिरो खस्ने गर्छ । सिद्धार्थ राजमार्गको सबैभन्दा असुरक्षित क्षेत्र रहेको यस स्थानमा वर्षेनी सडक माथिबाट खसेको पहिरोमा पुरिएर कैयौंको ज्यान गैसकेको छ । यस क्षेत्रमा हिउँदमा समेत ढुंगा झर्ने गर्छ ।

सरकारले सिद्धबाबा क्षेत्रको पहिरोलाई हटाउन वैकल्पिक मार्गको रुपमा सुरुङ मार्ग बनाउने योजना अघि सारेको छ । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८को बजेटमा सुरुङ निर्माणका लागि बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : २९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा