४ पुस २०८२, शुक्रबार | December 20, 2025

माथिल्लो सिद्धबाबा क्षेत्रमा पहिरो खस्यो, बुटवल–तानसेन सडकखण्डमा यातायात अवरुद्ध



बुटवल । बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्र नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

आइतबार बिहान सवा ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै पहिरो खसेको हो ।

अबिरल बर्षाका कारण पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ । लगातार परेको बर्षका कारण डोजर आइसकेपनि पहिरो हटाउने काम भै नसकेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोम बहादुर सारु बताउनुभयो ।

अहिले पहिरो गएको स्थानमा दोभान प्रहरी चौकी पाल्पाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरी समेत खटिएको छ ।

सिद्धबाबा क्षेत्रमा वर्षाको समयमा जहिले पनि पहिरो खस्ने गर्छ । सिद्धार्थ राजमार्गको सबैभन्दा असुरक्षित क्षेत्र रहेको यस स्थानमा वर्षेनी सडक माथिबाट खसेको पहिरोमा पुरिएर कैयौंको ज्यान गैसकेको छ । यस क्षेत्रमा हिउँदमा समेत ढुंगा झर्ने गर्छ ।

सरकारले सिद्धबाबा क्षेत्रको पहिरोलाई हटाउन वैकल्पिक मार्गको रुपमा सुरुङ मार्ग बनाउने योजना अघि सारेको छ । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८को बजेटमा सुरुङ निर्माणका लागि बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको