१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कुनै बेलाको कोरोना इपिसेन्टर बनेको बाँकेका क्वारेन्टाइन र आइसोलसन खाली हुँदै



नेपालगञ्ज । कुनै बेला कोरोना भाइरसको इपिसेन्टर जस्तै बनेको बाँकेका अधिकांस क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली हुँदै गएको छ । जिल्लामा एक सय १४ वटा क्वारेन्टाइन र १४ वटा आइसोलेसन सेन्टर भएकोमा ७१ वटा क्वारेन्टाइन र नौ वटा आइसोलेसन सेन्टर खाली भइसकेको छ भने हरेक दिन कोरोना निको भएर घर फर्कने क्रम पनि जारी रहेको छ ।

१ सय १४ क्वारेन्टाइन र प्राय सबै आइसोलसनका बेड भरिभराउ रहेको बांकेमा यतिबेला ४३ वटा क्वारेन्टाइन र पाँच वटा आइसोलेसन सेन्टरमा मात्रै संक्रमित तथा भारतबाट फर्केका नागरिकहरु बांकी रहेको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बाँकेमा ४३ वटा क्वारेन्टाइनमा ३ सय ४८ जना बसिरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा दुई वटा क्वारेन्टाइन रहेकोमा एउटा खाली भएको छ भने महेन्द्र बहुमुखी क्याम्पसमा ५३ जना बसिरहेका छन् ।

त्यसैगरी कोहलपुर नगरपालिकामा १३ वटा क्वारेन्टाइनमा १ सय ३३ जना नागरिक घर जान बांकी छन् भने तीन वटा क्वारेन्टाइन खाली भईसकेको छ ।

खजुरा गाउँपालिकामा १२ वटा क्वारेन्टाइनहरुमा एक सय २५ जना बसीरहेका छन्। खजुराको दश वटा क्वारेन्टाइन खाली भएको छ । जानकी गाउँपालिकामा भने आठ वटै क्वारेन्टाइन खाली छ ।

उता बैजनाथ गाउँपालिकामा ११ वटा क्वारेन्टाइनमा ८७ जना बसिरहेका छन् भने ११ वटा क्वारेन्टाइन खाली भएको छ । डुडुवा गाउँपालिकाको एउटा क्वारेन्टाइनमा पाँच जना बसेका छन् । सात वटा क्वारेन्टाइन खाली भइसकेको छ ।

नरैनापुर गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा ३१ जना बसेका छन् । १४ वटा क्वारेन्टाइन खाली भएको छ । राप्तीसोनारी गाउँपालिकामा दुई वटा क्वारेन्टाइनमा १४ जना बसेका छन् । १६ वटा क्वारेन्टाइन खाली भएको छ ।

जिल्लामा १४ वटा आइसोलेसन सेन्टर बनेका छन् । त्यसमध्येमा नौ वटा खाली भएको छ । अहिले आइसोलेसनमा ३० जना संक्रमितको उपचार भै रहेको छ ।

खजुरास्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा ३ जना, कृषि तालिम केन्द्र पिपरीमा ४ जना, कृषि तालिम केन्द्र खजुरामा ७ जना, प्राथमिक स्वास्थ्य केन्द्र बनकटवामा १४ जना तथा आदर्शन गर औद्योगिक बिकास निगम आइसोलेसनमा २ जनाको उपचार भै रहेको फोकल पर्शन श्रेष्ठले बताए ।

क्वारेन्टाइनमा बसेकालाई आरडीटी जाँच गर्दै घर पठाउने काम भइरहेको तथा आरडीटी जाँच गर्दा पोजिटिभ देखिएकालाई पीसीआर जाँच गराई १४ दिन सम्म कुनै लक्षण नदेखिए पछि घर पठाउने गरिएको श्रेष्ठले बताए ।

भारतबाट घर फर्किनेको संख्या घटेको र आइसोलेसन सेन्टरमा बसेकाहरु पनि १४ दिन स्वतः घर जाने भएकाले क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली हुँदै स्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।

बाँकेमा जम्मा ३ सय ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय १७ जना निको भएर घर गइसकेका छन् । दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ५४ बजे

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम