१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लुम्बिनी प्रादेशिक अस्पतालबाट पीसीआर परिक्षण सुरु, कोरोना परिक्षणले तिब्रता पाउने बिश्वास



बुटवल । क्वारेन्टाइनमा बसेका तथा शंकास्पद अन्य नागरिकको पीसीआर परिक्षणमा ढिलाई भएका कारण जनताले दुःख पाएको गुनासो आए पछि प्रदेश ५ सरकारले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि पीसीआर परिक्षण सुरु गरेको छ ।

प्रादेशिक अस्पतालमा संचालनमा आएको पीसीआर सेवाको आज एक कार्यक्रमका बिच प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उदघाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले लुम्बिनी अञ्चल अस्पताल रहंदा कै अवस्थामा लथालिङ्ग काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले बोर्ड परिवर्तन गर्नका लागि मात्र अञ्चल बाट प्रादेशिक अस्पताल नबनाईएको स्पष्ट पार्दै प्रदेश भरीका बिरामीको रिफर सेण्टरकारुपमा अस्पताल बन्न आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीहरुले अञ्चल अस्पतालको मानसिकतामा काम नगर्न निर्देशन दिंदै मन्त्री बरालले सांच्चिकै प्रादेशिक अस्पताल बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताए ।

मन्त्री बरालले सरकारी अस्पतालमा सेवा ढिलो हुने गरेको बताउंदै बिरामीले छिटो र छरिटो सेवा दिने ब्यवस्था मिलाउन अस्पता प्रशासनलाई निर्देशन दिए । ‘यताबाट उता रेफर गर्ने, उताबाट यता रेफर गर्ने, सानो समस्याको बिरामीलाई घण्टौ लगाउनका लागि प्रादेशीक अस्पताल बनाईएको होईन ।’ उनले भने ।

लुम्बिनी प्रादेशीक अस्पतालले मेडिकल कलेज र काठमाडांैका महङ्गो अस्पतालहरुसंग प्रतिस्पर्धा गर्न सक्नु पर्ने भन्दै उनले अस्पतालसंग जनशक्ति रहेको र प्रदेश सरकार खर्च गर्न तयार रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष सुर्य भट्टराईले लुम्बिनी अस्पतालमा बिरामी आउंदा निको हुने बिश्वासका साथ आउने वाताबरण तयार भएको दाबी गरे ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनाल, बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदी लगायतले अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले कोभिड १९ बिरुद्धको लडाईलाई सहज बनाउने बिचार ब्यक्त गरेका थिए ।

प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र नेपालगन्जबाट पीसीआर परिक्षण भईरहेकोमा दाङमा १ थान पीसीआर थप र लुम्बिनी प्रादेशिक अस्पतालमा थप १ प्रयोगशाला भएपछि ५ वटा पीसीआरबाट कोरोना परिक्षण गर्न सम्बभव भएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले