१५ चैत्र २०७९, बुधबार | March 29, 2023

अर्थतन्त्र बलियो बनाउन सहकारीले अग्रसरता लिन आवश्यक छ : मन्त्री अर्याल



ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालको अर्थतन्त्र बलियो बनाउने काम गर्न सहकारी क्षेत्रलाई आग्रह गरेकी छिन् ।

९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा शनिवार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले अर्थतन्त्र बलियो बनाउनका निम्ती सहकारी क्षेत्र बलियो आधार हुने बताईन् ।

‘सहकारीसँग ठूलो पुँजी छ । त्यसलाई परिचालन गरेर हामीले रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सक्छौ’, मन्त्री अर्यालले भनीन्, ‘अर्थतन्त्र डामाडोल अवस्थामा छ । हिजोसम्म सञ्चितीले काम गरिरहेको थियो । अब पुरै माइनसमा छ । यस्तो अवस्थामा सहकारीले मुलुकको अर्थतन्त्रमा योगदान दिनुपर्छ ।’

सहकारी क्षेत्रका सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको स्पष्ट पारीन् । सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्नल अहिलेदेखि नै सचेत रहनुपर्ने उनको भनाइ थियो ।

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पुर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडी बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालले जानकारी दिईन्।

नेकपाभित्र चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको मन्त्री अर्यालले बताएकी थिईन् । नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गर्दै मन्त्री अर्यालले भनिन्, ‘यो समस्याको समाधान गर्नका निम्ती कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’

‘पार्टीका बैठकमा मनमा लागेका कुन नभन्ने हो भने कहाँ भन्ने हो ? त्यो स्वतन्त्रताको प्रयोग कम्युनिष्ट पार्टीमा आज भइरहेको छ । त्यसको आधारमा धेरै आशंका गरिरहनुपर्ने परिस्थिती छैन’, उनले भनिन् ।

तस्विर सौजन्य देविका घर्ती मगर

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ४९ बजे

माओवादी र एकीकृत समाजवादीमा इमान्दार कार्यकर्ता धेरै छन् : एमाले अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तारुढ गठबन्धनले

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक